कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अर्को हप्ता बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले सोमबार अर्थात् जेठ २५ गते आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि कुल २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि २ लाख ८७ हजार जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

प्रतिकृया
Im very glad with ur company by learning it