नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य पुनः समायोजन गरेको छ। आज संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मान्दै आज (शुक्रबार)देखि नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो।
आजबाट मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ तोकिएको छ। यसअघि, २२ मंसिरमा मध्यम अण्डाको मूल्य ४५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य ४७० रुपैयाँ तोकिएको थियो।
संघका अनुसार, चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन, र क्रेटसहित प्रति पेटि थप १४० रुपैयाँ लाग्नेछ।














![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया