अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २६ गते
अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?
AdvertisementAds

अण्डाको माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको छ।

सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो ५४५ रुपैयाँ र मिडियम ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको समर्थन मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार रुपैयाँ तोकिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण घट्नु र कुखुराको संख्या कम हुँदा अण्डाको उत्पादन घटेकाले माग बढेको हो। तर, मूल्य बढे पनि किसानले अझै लागत मूल्य पाउन नसकेको उनको भनाइ छ।

किसानका लागि अण्डाको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा अर्थात् प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा पर्ने सङ्घले जनाएको छ। बर्डफ्लु र उत्पादन घट्दा किसानले ठूलो क्षति व्यहोरेको तथा लागत नउठेपछि केही किसान यो व्यवसायबाट पलायन हुन थालेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स