नेपाल लेयर्स कुखुरापालक संघले आज आइतबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। ठूलो (एक्सएल) अण्डाको प्रतिक्रेट मूल्य ५२० रुपैयाँ, ठूलो अण्डाको ५०५ रुपैयाँ र मध्यम अण्डाको ४९० रुपैयाँ तोकिएको छ।
अघिल्लो मूल्यभन्दा प्रतिक्रेटमा ५५ रुपैयाँले वृद्धि गरिएको हो। संघका अनुसार अवैध भारतीय अण्डा आयातमा कमी, भारतमा मूल्य वृद्धि, जाडो मौसममा खपत बढ्नु, पर्यटक आगमन र विद्यालय सञ्चालनले आन्तरिक माग बढाएको छ।
माग बढेकै कारण ५–७ दिनभित्र मूल्य ५७० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।




















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया