प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै बजारमा अण्डाको मूल्य घट्न थालेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार प्रति क्रेट अण्डाको मूल्य अधिकतम ४० रुपैयाँसम्म घटाइएको छ।
संघका अनुसार अब एक्सएल अण्डाको मूल्य प्रति क्रेट ४५५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४९५ रुपैयाँ थियो। त्यसैगरी, ठूलो अण्डाको मूल्य ४७५ रुपैयाँबाट घटेर ४४० रुपैयाँ कायम गरिएको छ भने मध्यम (मिडियम) अण्डाको मूल्य ४४५ रुपैयाँबाट घटेर ४१० रुपैयाँ पुगेको छ। ठूलो र मध्यम अण्डामा प्रति क्रेट ३५ रुपैयाँले मूल्य घटाइएको संघले जनाएको छ।
संघका अनुसार निर्वाचनको समयमा माग बढेपछि अण्डाको मूल्य उकालो लागेको थियो। तर चुनाव सम्पन्न भएसँगै खपतमा कमी आएकाले मूल्य घटाउनुपरेको हो। हाल नेपालमा दैनिक ५० लाख गोटाभन्दा बढी अण्डा उत्पादन भइरहेको छ।





















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया