नेपाल लेयर्स कुखुरापालक संघले फार्मसँग लिएको मूल्य एकीकृत गर्दै आजदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाएको छ। यसअनुसार फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ (३० वटाको) बाट ४७५ रुपैयाँ मा झरेको छ भने मिडियम अण्डा ५५० रुपैयाँ बाट ४६० रुपैयाँमा आएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्मबाट लिएका दररेटलाई आधार बनाएर समर्थन मूल्य तोकिएको हो। यससँगै उपभोक्ताले अण्डाको मूल्य प्रतिगोटा रु २५ बाट रु २० मा पाउनेछन्।
उपत्यका र हिमाली भेगमा बढ्दो जाडो, विद्यालय बन्द र गतिविधि कम हुनु, पर्यटकको आगमन घट्नु, र कुखुरापालकहरूले अण्डा बिक्री नगरी उत्पादन जारी राख्नु जस्ता कारणले मूल्य घटेको संघले जनाएको छ। अध्यक्ष पोखरेलले भने, “पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको छ, तर जाडो कम हुँदै गएपछि जनजीवन सहज भएपछि पुनः अण्डाको माग बढ्ने अपेक्षा छ।”
उनले थपे, “अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। यस हिसाबले किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्छ। लागत मूल्य नजिक आइपुगेको अवस्थामा मूल्य घटेपछि किसानलाई थप नोक्सान हुनेछ।” संघले बजार अवस्था अनुसार अण्डाको समर्थन मूल्य समय समयमा समायोजन गर्ने गरेको छ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया