नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले हिरो जुम ११० को नयाँ भर्जन ‘कमब्याट भेरियन्ट’ सार्वजनिक गरेको छ। यो नयाँ भर्जन विशेष म्याट स्याडो ग्रे रंगमा उपलब्ध छ, जुन फाइटर जेट एयरक्राफ्टबाट प्रेरित गरिएको हो।
कम्पनीका अनुसार यो स्पेसल एडिसन ‘जेडएक्स’ भेरियन्टमा आधारित छ र कलर बाहेक अन्य कुनै पनि प्राविधिक परिवर्तन गरिएको छैन।
जुम ११० कमब्याट भेरियन्टको मूल्य नेपाली बजारमा २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ, जुन रेगुलर जुम ११० (२ लाख ६२ हजार ९०० रुपैयाँ) भन्दा थोरै महँगो हो। यस स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले अधिकतम ८.२ हर्षपावर र ८.७ एनएम टर्क उत्पादन गर्छ।
प्रविधिको हिसाबले यसमा कर्नरिङ लाइट, डिजिटल डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, साथै कल तथा एसएमएस अलर्टजस्ता सुविधा उपलब्ध छन्।



















प्रतिकृया