Startup

१० लाख डलर जित्ने दौडमा नेपाली युवा: बनाए एआईले खाना पकाउने प्रबिधि, यसरी गर्नुहोस् भोट

बढी भोट पाउने कम्पनीले नै लगानी प्राप्त गर्ने भएकाले उनले भोटिङका लागि आग्रह गरेका छन्।
बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
१० लाख डलर जित्ने दौडमा नेपाली युवा: बनाए एआईले खाना पकाउने प्रबिधि, यसरी गर्नुहोस् भोट

अमेरिकाको सिलिकन भ्यालीमा सञ्चालित रियालिटी टिभी शो ‘मिट द ड्रेपर्स’ मा एक नेपाली युवाले प्रतिस्पर्धा गरिरहेका छन्। विश्वभरका नवउद्यमीहरू सहभागी हुने उक्त कार्यक्रममा संगम चापागाईको कम्पनी ‘सेफोर्ज’ छनोट भएको हो। उनको कम्पनीले एआईमा आधारित रोबोटिक कुकिङ प्रविधि विकास गरेको हो।

उनले यस प्रतियोगिता जिते भने १० लाख डलर उद्यमशिलता प्रोत्साहनका लागि पुरस्कार लगानी प्राप्त गर्नेछन् ।
Idea

पर्वतको कुस्मामा जन्मिएका संगम चापागाँई हाल Draper University मा अध्ययनरत छन्। उनले विकास गरेको प्रणालीले आवाज र दृश्य संकेतका आधारमा रोबोटमार्फत ग्राहकले चाहेको खाना पकाउने मात्र होइन, आवश्यक स्थानसम्म पुर्‍याउने काम समेत गर्ने उनको भनाइ छ। मानवीय जनशक्ति बिना सञ्चालन हुने यो प्रविधि विश्वभरका स्टार्टअप र प्राविधिकहरूबीच प्रतिस्पर्धामा प्रस्तुत गरिएको छ।

उनले यस प्रतियोगिता जिते भने १० लाख डलर उद्यमशिलता प्रोत्साहनका लागि लगानी प्राप्त गर्नेछन् । बढी भोट पाउने कम्पनीले नै लगानी प्राप्त गर्ने भएकाले उनले भोटिङका लागि आग्रह गरेका छन्।

उनलाई भोट गर्न https://meetthedrapers.com/vote मा गई अन्तिम सूचीमा रहेको उनको फोटोमुनि ‘Vote’ बटन क्लिक गरी इमेलमार्फत प्राप्त हुने भेरिफिकेशन कोड राख्नुपर्छ। भोट मंगलबार बेलुकासम्म गर्न सकिनेछ।

भोट गर्ने तरिका:

१. https://meetthedrapers.com/vote मा जानुहोस्।

Paste Image 3 scaled https://bajarkochirfar.com/the-miracle-of-the-confluence-of-mountains-in-america-ai-has-created-a-cooking-system-vote-like-this | %tags

२. स्क्रोल गरेर अन्त्यमा जानुहोस र अन्त्यमा रहेको संगम चापागाँई फोटो र कम्पनी [Cheforge] मुनि रहेको Vote बटन थिच्नुहोस्।

Paste Image 1 1 https://bajarkochirfar.com/the-miracle-of-the-confluence-of-mountains-in-america-ai-has-created-a-cooking-system-vote-like-this | %tags

३. फेक भोटिङ नहोस् भनेर सिस्टमले तपाईंको इमेलमा Verification Code पठाउँछ। आफ्नो इमेल हालेर I’m not a robot मा टिक लगाएर Verification कोडको लागि Submit थिच्नुहोस।

Paste Image 2 1 scaled https://bajarkochirfar.com/the-miracle-of-the-confluence-of-mountains-in-america-ai-has-created-a-cooking-system-vote-like-this | %tags

४. यति गरेपछि तपाइको Email मा Verification कोड आउछ। Voting गर्ने Website नकाटीने गरि आफ्नो इमेल खोल्नुहोस र Verification Code कपि गर्नुहोस्।

Paste Image 3 1 https://bajarkochirfar.com/the-miracle-of-the-confluence-of-mountains-in-america-ai-has-created-a-cooking-system-vote-like-this | %tags

५ . पुन: Voting गर्ने Website मा गएर Email मा आएको Verification कोड राख्नुहोस र Verify मा Click गर्नुहोस्।
Paste Image 6 1 https://bajarkochirfar.com/the-miracle-of-the-confluence-of-mountains-in-america-ai-has-created-a-cooking-system-vote-like-this | %tags

यसरी तपाईले संगम चापागाँईलाई भोट गर्न सक्नुहुनेछ। भोट मंगलबार बेलुकासम्म गर्न सकिनेछ।

Paste Image 4 1 https://bajarkochirfar.com/the-miracle-of-the-confluence-of-mountains-in-america-ai-has-created-a-cooking-system-vote-like-this | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स