२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थल आज पुनः सञ्चालनमा आएको छ। तारा एयरको ट्विनअटर विमानले पहिलो उडान गर्दै नियमित सेवा सुरू गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले विमानस्थलको स्तरोन्नति गर्दै काठमाडौँ–टीकापुर सीधा उडान सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुने छ। टिकटका लागि काठमाडौँको पथिल होलिडेज र टीकापुरस्थित सिद्धार्थ होटलमा व्यवस्था गरिएको छ।
नगरप्रमुख रामलाल डगौराका अनुसार, काठमाडौँ–टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ तोकिएको छ। विमानस्थल सञ्चालनले कैलाली, सुर्खेत, र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। सिद्धार्थ बिजनेस ग्रुपले टीकापुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो विमानस्थल सहयोगी हुने विश्वास व्यक्त गरेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया