सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकको सम्भावित कार्यसूची अनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग सम्बन्धित दुई विधेयक संसद्मा प्रस्तुत गर्नेछन्।
सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ संसद्मा पेश गर्ने कार्यक्रम रहेको छ। त्यससँगै, आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री पौडेलले दिनेछन्।
यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया