‘सरकारले उद्योगी–व्यवसायी सम्मानित हुने वातावरण बनाउँछ’

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
‘सरकारले उद्योगी–व्यवसायी सम्मानित हुने वातावरण बनाउँछ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सरकारले उद्योगी–व्यवसायी सम्मानित हुने वातावरण बनाउने बताएका छन्।

नेपाल समुद्रपार निकासी पैठारी सङ्घको ४५औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै उनले आगामी दिनमा उद्यमी–व्यवसायी सम्मानित महसुस हुने वातावरण सरकारले बनाउने बताए ।

वाचापत्रमा उल्लिखित प्रतिबद्धता पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो । “निकासी पैठारी ऐन बन्दै छ, त्यसमा तपाइँहरूसँगको सहकार्य आवश्यक छ,” उनले भने।

सरकारलाई तिर्नुपर्ने कर अनलाइनबाट तिर्न सकिन्छ भने उद्यमी–व्यवसायीले सरकारबाट फिर्ता पाउनुपर्ने रकम पनि अनलाइनबाट फिर्ता गर्नुपर्ने उनले बताए । निजी क्षेत्रका समस्या आफूले नजिकबाट अनुभूति गरेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत समस्या समाधानका लागि महासङ्घ र निजी क्षेत्रका अन्य सङ्घसंस्थाले सहकार्य गर्नुपर्ने बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औँल्याउँदै उत्पादन र निर्यात प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जनताले चाहेको परिवर्तन र निजी क्षेत्रले चाहेको स्थायित्व आएकाले अब आर्थिक क्रान्तिको शुभारम्भ हुनुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो ग्याप नहुने गरी कर र महसुलका दरहरू समायोजन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स