सर्वसाधारणले आजदेखि सान्भि इनर्जीको आईपीओ भर्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ९ गते
सर्वसाधारणले आजदेखि सान्भि इनर्जीको आईपीओ भर्न पाउने

सान्भि इनर्जी लिमिटेडले आज (जेठ ९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रति कित्ता १०० रुपैयाँका दरले कुल ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने स्वीकृति प्राप्त गरिसकेको हो।

यसअन्तर्गत, ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयहरू र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिल्यै बाँडफाँड भइसकेको छ। अब बाँकी २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि भने कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर खुला गरिएको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स