नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारण सभा आज बस्दै, कुनले लाभांश दिँदै कुनले हात खाली गर्दैछ ?



Advertisement
Ads

नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारण सभा आज विभिन्न स्थानमा बस्दैछ। यीमध्ये सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स नेपाल (तराई) मात्र लाभांश प्रस्तावसहित सभा गर्दैछन्।

सपोर्ट लघुवित्तले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।


Advertisement

सिक्लेस हाइड्रोपावरले ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

शिवम् सिमेन्ट्सले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बोटलर्स नेपाल (तराई) ले ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

अन्य ११ कम्पनीले भने कुनै लाभांश प्रस्ताव नगरी साधारण सभा गर्दैछन्। ती कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर, नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, अपि पावर कम्पनी, मध्य भोटेकोशी लजविद्युत, सामलिङ पावर, एसियन हाइड्रोपावर, र बोटलर्स नेपाल (बालाजु) रहेका छन्।

लाभांश प्रस्ताव नगर्ने कम्पनीहरूले आफ्नो सभामा आर्थिक वर्ष २०७९/८० को नाफा-नोक्सान, वासलात, नगद प्रवाहको समीक्षा, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता विषयमा छलफल गर्नेछन्।केही कम्पनीहरूले मर्जर वा एक्विजिशन प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा राखेका छन्।आजको साधारण सभाबाट ४ कम्पनीले मात्र लाभांश प्रस्ताव पारित गर्ने छन् भने अन्य कम्पनीहरूले लाभांशबिना सभा सम्पन्न गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर