फिल्म ‘सानो संसार’ले जम्मा ३ लाखको व्यापार गर्दै ६७ लाख घाटा बेहोर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २१ गते
फिल्म ‘सानो संसार’ले जम्मा ३ लाखको व्यापार गर्दै ६७ लाख घाटा बेहोर्यो

फिल्म सानो संसारका निर्माता माधव वाग्लेले ७० लाखको लगानीमा निर्माण भएको यो फिल्मले जम्मा ३ लाख मात्र व्यापार गरेको स्वीकार गरेका छन्। उनले न्युज फिल्मीसँगको अन्तर्वार्तामा खातामा एक लाख मात्र जम्मा भएको र ६७ लाख घाटा व्यहोर्नु परेको बताएका हुन्।

समीक्षात्मक रूपमा राम्रो मानिएको यो फिल्म पटक–पटक प्रदर्शन मिति सर्दै अन्ततः कात्तिक ९ मा रिलिज भएको थियो।

सिद्धार्थ पुडासैनीको निर्देशनमा मध्यमवर्गीय परिवारको कथामा आधारित फिल्ममा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल लगायतका कलाकारको अभिनय छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स