निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। बिहीबार शीतलनिवासमा आयोगका पदाधिकारीसहितको टोलीले उक्त प्रतिवेदन बुझाएको हो। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका थिए। सोही दिन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्रसमेत वितरण गरेको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ नजिक पुगेको छ। रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३८ सिट हासिल गरेको छ। नेकपा (एमाले) २५ सिटमा सीमित भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७ सिटसहित चौथो स्थानमा रहेको छ। श्रम संस्कृति पार्टी ७ सिटसहित उदाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद निर्वाचित भएका छन्।
प्रतिवेदन बुझाएपछि राष्ट्रपति पौडेलले कठिन परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोग, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका छन्। उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै यसले लोकतन्त्रप्रति नागरिकको विश्वास अझ सुदृढ भएको बताएका छन्।
आयोगले निर्वाचन परिणाम औपचारिक रूपमा बुझाएसँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बाटो खुलेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया