नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अर्को हप्तादेखि सेयर बजार कतिदिन खोल्ने भन्ने विषयमा सञ्चालक समितिको बैठकपछि मात्रै निर्णय गरिने जनाएको छ।
‘बजारको चिरफार’सँग कुरा गर्दै नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले सम्बन्धित निकायबाट औपचारिक सूचना प्राप्त भएपछि सञ्चालक समितिको बैठक बस्ने र त्यसैका आधारमा आगामी कारोबार तालिका निर्धारण गरिने बताए।
उनले अहिले सम्म कुनै निर्णय नभएको र आज (आइतबार) कारोबार सम्पन्न भइसकेकाले अब आगामी साता बजार कसरी सञ्चालन गर्ने भन्ने सञ्चालक समितिको बैठकले निर्णयले गर्ने बताए।
यसअघि २०७९ सालमा तत्कालीन सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से आइतबार बन्द भएर सोमबार देखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म कारोबार सञ्चालन भएको थियो।
पछि सरकारले उक्त निर्णय फिर्ता लिएपछि भने बजार पुनः आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको छ।

















प्रतिकृया