नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्मको आर्थिक तथा वित्तीय विवरण अनुसार, मुलुकको चालु खाता २ खर्ब १० अर्ब रुपैयाँले बचतमा रहेको छ। यो तथ्यांकले देशको बाह्य क्षेत्र सुदृढ अवस्थामा रहेको संकेत गर्छ।सोही अवधिमा शोधनान्तर स्थिति (Balance of Payments) ३ खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा, चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५५ करोड डलरले बचतमा रहेको शोधनान्तर अघिल्लो वर्ष २ अर्ब ७५ करोड डलरले बचतमा थियो।
चालु खाता पनि गत वर्षको तुलनामा थप सुधारिएको देखिन्छ। अघिल्लो वर्ष सो अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब रुपैयाँले बचतमा थियो भने यस वर्ष २ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरको हिसाबले, अघिल्लो वर्ष १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता यो वर्ष १ अर्ब ५५ करोड डलरले बचतमा रहेको छ।
देशको विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको ९ महिनामा सञ्चिति १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड डलर पुगेको छ। यो सञ्चितिले वस्तु आयातका लागि १७.१ महिनासम्म र वस्तु तथा सेवा आयातका लागि १४.२ महिनासम्म धान्न सक्ने क्षमता राख्दछ।
यस अवधिमा रेमिट्यान्स प्रवाह उल्लेख्य देखिएको छ। चैत महिनामा मात्रै करिब १ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने हालसम्मको जम्मा रेमिट्यान्स ११ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया