आयोगको प्रतिवेदन अपूर्ण र प्रतिशोधपूर्ण छ, न्यायका लागि लडिरहनेछु: पूर्वगृहमन्त्री लेखक

आयोगको प्रतिवेदन अपूर्ण र प्रतिशोधपूर्ण छ, न्यायका लागि लडिरहनेछु: पूर्वगृहमन्त्री लेखक
Advertisement Ads

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, अपूर्ण र अप्रमाणित बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त प्रतिवेदनका आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “भदौ २३ र २४ गतेको घटनासम्बन्धी गठित आयोगको पूर्वाग्रही र प्रतिशोधपूर्ण प्रतिवेदनका आधारमा मलाई फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखियो। तर अन्ततः म रिहा भएको छु।”

आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गरेका छन्।

उनले भनेका छन्, “परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति हुँ। बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ।”

Screenshot 2026 04 10 124101 https://bajarkochirfar.com/the-commissions-report-is-incomplete-and-vindictive-i-will-continue-to-fight-for-justice-former-home-minister-lekhak | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स