सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा आयोजना हुनेछ। ४८ टोलीको सहभागिता रहने यो संस्करण विश्वकप पहिलोपटक एकमात्र राष्ट्रद्वारा आयोजना हुने ४८-देशीय विश्वकप हुनेछ।
साउदी अरेबियाका पाँच प्रमुख शहरहरू—रियाद, जेद्दा, अल खोबर, आभा र निओम—मा रहेका १५ रङ्गशालाहरूमा खेलहरू सञ्चालन गरिनेछ।
९२ हजार दर्शक क्षमताको रियादस्थित किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ।
खेल आयोजना हुने १५ रङ्गशालामध्ये चार रङ्गशालाहरू निर्माण भइसकेको बीबीसीले जनाएको छ।
यस्तै, सन् २०३० को फिफा विश्वकप स्पेन, पोर्चुगल, र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिताको १०० वर्ष पुगेको अवसरमा तीन खेल अर्जेन्टिना, पाराग्वे, र उरुग्वेमा पनि सञ्चालन गरिनेछ।





















प्रतिकृया