सिनर्जि पावर डेभलपमेन्ट लिमिटेडको १९औँ साधारण सभा स्थगित भएको छ। निर्वाचन अधिकृत संजीव लामाका अनुसार उम्मेदवारहरूले सही नगरेकाले सभा रोकिएको हो।
तर केही उम्मेदवारहरूले भने निर्वाचन प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन्। निर्वाचन अधिकृतसंग कति प्रोक्सी सही (भ्यालिड) छन् र कति गलत (इनभ्यालिड) छन् भन्ने जानकारी माग्दा जानकारी नदिएको र निर्वाचन पारदर्शी नभएको कारण आफूहरूलाई चुनावी प्रक्रियाबाट बाहिरिएको बताए।
उम्मेदवारहरूले साधारण सभाको दिनमै पर्याप्त सूचना नदिइएको, निर्वाचन प्रक्रिया मर्यादित नभएको र सुरक्षाका नाममा बाउन्सर राखेर दबाब सिर्जना गरिएको आरोपसमेत लगाएका छन्। निर्वाचनसम्बन्धी जानकारी माग्दा पनि जवाफ नपाएको भन्दै उनीहरूले सूचना पाउने आफ्नो अधिकार खोसिएको बताएका छन्।
पछिल्लो समय धेरै कम्पनीहरूको साधारण सभा गणपूरक संख्या नपुगेर स्थगित हुने गरेको छ। कतिपय संस्थापकले साना तथा सर्वसाधारण लगानीकर्तालाई पाखा लगाएर आफ्ना मान्छे मात्र भर्ती गर्न खोजेको देखिन्छ।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)


![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)




![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया