instainsta

१ अर्ब २५ करोडको लागतमा पोखरामा टेम्पल बेल बुटिक होटल खुल्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
१ अर्ब २५ करोडको लागतमा पोखरामा टेम्पल बेल बुटिक होटल खुल्यो
AdvertisementAds

लेकसाइड, पोखरामा एक अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाली पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो।

होटलका अध्यक्ष विश्वराज पौडेलका अनुसार होटल ‘बुटिक’ अवधारणामा आधारित छ, जसमा नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सेवा सुविधा समावेश गरिएको छ। पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै नयाँ पर्यटन अनुभव दिने उद्देश्यसहित यो होटल सञ्चालनमा ल्याइएको हो।

करीब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल परिसरमा दुई वटा इन्टरकनेक्टेड ब्लक रहेका छन्। होटलमा ५५ वटा कोठा, स्विमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेन्ट लगायतका उच्चस्तरीय सुविधाहरू उपलब्ध छन्। कोठा, करिडोर र खुला स्थानहरू नेपाली काष्ठकला, ढुङ्गा, ढाका कपडा, थान्का चित्र, झुमर र अन्य मौलिक सजावट सामग्रीले सुसज्जित गरिएका छन्, जसले आगन्तुकलाई आत्मीयता र नेपालीपनको अनुभूति दिने विश्वास गरिएको छ।

पर्यावरणमैत्री निर्माण शैलीलाई प्राथमिकता दिइएको यस होटलमार्फत प्रत्यक्ष रूपमा १५० जनालाई रोजगारी दिइएको छ। साथै, पर्यटक बसोबास, खानपिन र कार्यक्रम व्यवस्थापनका लागि पोखरामा यो नयाँ गन्तव्यको रूपमा थपिएको व्यवसायीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स