SHAREHUBSHAREHUB

सिरियाका राष्ट्रपति बशर अल असद राजधानी छाडेर भागे

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
AdvertisementAds
सिरियाका राष्ट्रपति बशर अल असद राजधानी छाडेर भागे
AdvertisementAds

सिरियामा इस्लामिक विद्रोही समूहले राजधानी दमास्कस कब्जा गर्ने प्रयास गर्दा राष्ट्रपति बशर अल असद राजधानी छाडेर भागेका छन्। विद्रोहीहरू  उत्तर, पूर्व र दक्षिणतर्फबाट राजधानी प्रवेश गर्दा असदलाई दमास्कस छोड्न बाध्य बनाएको हो।

मिडिया रिपोर्टका अनुसार, राजधानीमा गोली चलेको र एक निजी विमान उडेको देखिएको छ, जसमा राष्ट्रपति असद हुनसक्ने अड्कल गरिएको छ।

विद्रोहीहरूले सिरियाका प्रमुख शहरहरू, जस्तै हमा, देरा र होम्स पनि कब्जा गरेका छन्। होम्सको कब्जाले दमास्कसको सम्पर्क अन्य शहरसँग टुटाएको छ।

सरकारी सेनाले विद्रोहीहरूको सामना गर्दा कमजोर देखिएको छ, र कतिपय स्थानमा सेनाले आत्मसर्पण गरेको वा भागेको देखिन्छ। विद्रोहीहरूले असदका पिता हाफिज अल असदका प्रतिमा तोडफोड गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स