सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना बाढी तथा पहिरोबाट प्रभावित भएपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
कम्पनीका अनुसार साउन ५ गते राति करिब ११ बजे आएको बाढी तथा पहिरोका कारण आयोजनाको हेडवर्क्सका अधिकांश संरचनामा क्षति पुगेको हो। उक्त क्षतिपछि आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको कम्पनीले जनाएको छ।

प्रतिकृया