instainsta

भोलिदेखि एसवाई प्यानलको आइपीओ खुल्दै, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ६ गते
भोलिदेखि एसवाई प्यानलको आइपीओ खुल्दै, क-कसले भर्न पाउने ?
AdvertisementAds

एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले भदौ २९ गतेदेखि आइपीओ खुलाउने तयारी गरेको भए पनि देशको विषम परिस्थितिका कारण मिति सारिएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। सो मध्ये २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

यसैगरी, कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित राखिएको छ। आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ भने बन्द हुने मिति तोकिएको छैन।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी डबल बी रेटिङ दिएको छ, जसले मध्यम जोखिमको संकेत गर्छ। यस आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स