एसवाई प्यानल नेपाल लिमिटेडले आज असोज ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खोल्न लागेको हो।
यसअघि भदौ २९ गतेदेखि आईपीओ जारी गर्ने तयारी भए पनि देशको विषम परिस्थितिका कारण ढिलो गरी असोज ७ गतेदेखि निष्काशन सुरु गरिएको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ।
यसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता सेयर चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरेको छ। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओमा प्रभु क्यापिटल लिमिटेड विक्री प्रबन्धक रहेको छ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया