instainsta

भदौ २९ गतेदेखि एसवाई प्यानलले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २२ गते
भदौ २९ गतेदेखि एसवाई प्यानलले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने ?
AdvertisementAds

एसवाई प्यानल नेपाल लिमिटेडले आगामी भदौ २९ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजी रु. १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० मध्ये ४० प्रतिशत अर्थात् रु. ५२ करोड ३२ लाख ५४ हजार ८०० बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

यसअन्तर्गत २ लाख ६१ हजार ६२९ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र अर्थात् चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यस्तै ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। साथै कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।

आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता तोकिएको छ। उद्योग प्रभावित क्षेत्रका लागि निष्काशन छिटोमा असोज १२ र ढिलोमा असोज २७ मा बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा असोज १ र ढिलोमा असोज १२ मा बन्द हुने छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इश्यूअर रेटिङ्ग डबल बी (BB) प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स