एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज (कात्तिक ३० गते, आइतबार) हुँदैछ। बिक्री प्रभु क्यापिटल लिमिटेडका अनुसार बाँडफाँड प्रक्रिया बिहान ११:३० बजे सुरु हुने तयारी गरिएको छ।
आवेदन दिने अन्तिम दिन कात्तिक २३ गतेसम्म २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यो संख्या कम्पनीले निष्काशन गरेको सेयर संख्याभन्दा ६ गुणा बढी हो। मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।
कम्पनीले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया