एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार कुल ४ लाख ७ हजार ६ सय ९ आवेदकले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता सेयर प्राप्त गरेका छन्। यसअघि कम्पनीले उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै आईपीओ जारी गरिसकेको थियो।
सर्वसाधारणका लागि कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरका ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो। पहिलो चरणमा उद्योग प्रभावित स्थानीयका लागि २ लाख ६१ हजार ६२९ कित्ता र विदेशमा कार्यरत नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता सेयर बाँडफाँड भइसकेको छ। साथै, कम्पनीले कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित राखेको छ।
कसरी हेर्ने आईपीओको नतिजा ?
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।


प्रतिकृया