एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गर्न लागेको हो। जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गरिँदैछ।
जसमध्ये २ प्रतिशत सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ। रत्ननगर नगरपालिकाका सबै वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्। विदेशमा रोजगारमा रहेका नेपालीका लागि १० प्रतिशत सेयर छुट्याइएको छ। कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरिएको छ।
आईपीओमा न्यूनतम १० र अधिकतम ५० हजार कित्ता आवेदन दिन सकिनेछ। रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई डबल बी प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। स्थानिय बासिन्दा अनलाइन वा प्रभु बैंक शाखाबाट आवेदन दिन सक्नेछन्।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया