नेपाल क्रिकेट लिग (एनपीएल)मा इमर्जिङ प्लेयर अवार्ड जितेका कर्णाली याक्सका १६ वर्षीय क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन्। विपिन नेपाल प्रिमियर लिगमा चर्चामा रहेका प्रतिभाशाली युवा खेलाडी हुन्।
ट्यालेन्ट हन्टमार्फत कर्णाली याक्समा स्थान बनाएका विपिनले एनपीएलमा ९ खेलमा १३ विकेट लिँदै कर्णालीका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
क्रिकेटर शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी राख्दै अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई गिफ्टको रूपमा आइफोन दिएको उल्लेख गरेका छन्। उनले स्टोरीमा स्वस्तिमाले लेखेको नोट पनि शेयर गरेका छन्।
स्वस्तिमाले नोटमा विपिनलाई एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै यो फोन कडा परिश्रम र समर्पणको प्रशंसा स्वरूप दिएको उल्लेख गरेकी छन्। उनले विपिनको जीवन र खेल दुवैतिर यो फोनले अनगिन्ती कल र अवसरहरू ल्याओस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया