सुजुकीको इलेक्ट्रिक ‘ई-भिटारा’ सार्वजनिक हुन ७ दिन बाँकी, केके छन् फिचरहरू?



Advertisement
Ads

मारुति सुजुकी इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटारा सार्वजनिक गर्ने घोषणा गरेको छ, जसलाई जनवरी १७ तारिखमा भारत मोबिलिटी एक्स्पो २०२५ को पहिलो दिन प्रस्तुत गरिनेछ।

कम्पनीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै आफ्नो इमोबिलिटीको लक्ष्यलाई ‘ई फर मी’ नारासहित अघि बढाउने बताएको छ। यो अभियान विशुद्ध इलेक्ट्रिक उत्पादन र त्यसका लागि आवश्यक सपोर्ट प्रणालीको निर्माणमा केन्द्रित हुनेछ।


Advertisement

मेड इन इन्डिया फर दी वर्ल्ड नारासहित कम्पनीले ३३०० स्क्वायर मिटरको विशाल स्टल निर्माण गरिरहेको छ। ई-भिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताका एलएफपी ब्लेड ब्याट्री तथा १०६, १२८, र १३५ किलोवाट क्षमताका मोटरको विकल्प उपलब्ध हुनेछ। यसमा ई-अलग्रिप अप्सनसहित अल ह्वील मोटर पनि रहनेछ।

डिजाइनतर्फ अगाडि र पछाडि ट्राइस्ल्यास डिजाइनको एलईडी डीआरएल र फ्रन्ट चार्जिङ पोर्ट समावेश छ। ई-भिटाराको इन्टेरियरमा फ्लोटिङ डुअल स्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६०-डिग्री क्यामरा, प्यानोरामिक सनरुफ, अटोहोल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, र वायरलेस फोन चार्जर जस्ता आधुनिक फिचरहरू छन्।

यो एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २७०० एमएम छ, भने ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको अनुमान गरिएको छ। टोयोटाको ४० पीएल बर्न इलेक्ट्रिक प्लेटफर्ममा आधारित यो मिडसाइज एसयूभी भारतमा बिक्री सुरु भएको केही महिनापछि नेपाली बजारमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर