SHAREHUBSHAREHUB

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ

AdvertisementAds
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ
AdvertisementAds

दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योललाई बुधबार पक्राउ गरिएको छ।

सउलस्थित उनका निवासबाट सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले उनलाई पक्राउ गरे। युनलाई दोस्रो प्रयासमा पक्राउ गरिएको हो। योनहाप न्युजले पनि युनको पक्राउ परेका बारेमा पुष्टि गरेको छ।

पक्राउको समय, युनका समर्थकहरूले सुरक्षाकर्मी र अधिकारीहरूको अघि ब्यारिकेड राखेर अवरोध गर्ने प्रयास गरेका थिए। तर, अनुसन्धानकर्ताहरूले यो अवरोध पार गर्दै युनको घरको कम्पाउन्डमा प्रवेश गरे।

यसअघि पुस १९ गते पनि युनलाई पक्राउ गर्न सुरक्षा अधिकारीहरू उनको घर पुगेका थिए, तर त्यति बेला उनका समर्थकहरूले ठूलो अवरोध खडा गरेपछि अधिकारीहरू रित्तो हात फर्किएका थिए।

युन राष्ट्रपति पदबाट निलम्बित भएका हुन्, जब सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेको थियो। यसपछि उनलाई महाभियोग दायर गरिएको थियो, र महाभियोगको प्रक्रिया संवैधानिक अदालतमा जारी छ।

AdvertisementAds

युनविरुद्ध भ्रष्टाचार अनुसन्धान कार्यालयले पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। पटकपटक बोलाउँदा युन अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

(एजेन्सीहरुको सहयोगमा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स