सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
Advertisement Ads

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड बिहान ९ बजे भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा परेको आवेदनमध्ये ५७ हजार २४३ जना आवेदकले गोलाप्रथाबाट १०/१० कित्ता र बाँकी १ जनाले ११ कित्ताका दरले आईपीओ  पाएका छन् ।

कसरी हेर्ने आईपीओको नतिजा ?

1. कुमारी क्यापिटल लिमिटेड

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आवेदन दिएको डीपी आइडी र अन्य विवरणहरू राखेर आईपीओको नतिजा हेर्न सक्नेछन्।

Suryakunda Hydro Electric Limi https://bajarkochirfar.com/suryakunda-hydros-ipo-allotment-completed-heres-how-to-read-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स