सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपिओ बाँडफाँड सम्पन्न

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपिओ बाँडफाँड सम्पन्न

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) को बाँडफाँड आज सम्पन्न भएको छ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलले यस कार्य गरेको हो। कम्पनीले पुस ९ देखि पुस १४ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल ६८,९६७ कित्ता सेयर निष्काशन गरेको थियो। आईपिओमा ७०,४५७ जनाले आवेदन दिएका थिए, जसमा ७०,४४५ आवेदन मात्र योग्य रहेको थियो। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो।

यसअनुसार ६,८९६ जनाले सेयर पाएका छन्, जसमा ७ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन्। बाँकी आवेदकहरू हात खाली भएका छन्। कम्पनीले पुस २३ गतेसम्म स्थानीय नागरिकका लागि आईपिओ निष्काशन गर्ने योजना बनाएको छ र त्यसपछि सर्वसाधारणलाई सेयर निष्काशन गरिनेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २५ गते आईपिओ निष्काशनको अनुमति दिएको थियो।

611320444 1269873381863279 6738070434537751998 n https://bajarkochirfar.com/suryakunda-hydro-electrics-ipo-allotment-completed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स