प्राइभेट स्कुलमा नेपाली भाषा बोल्ने विद्यार्थीलाई पिट्न नपाइने, सर्वोच्चले दियो यस्तो आदेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १६ गते
प्राइभेट स्कुलमा नेपाली भाषा बोल्ने विद्यार्थीलाई पिट्न नपाइने, सर्वोच्चले दियो यस्तो आदेश

निजी विद्यालयमा नेपाली भाषा बोल्दा कारबाही गर्ने प्रवृत्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै यस्तो कार्य नगर्न निर्देशन दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले शुक्रबार विद्यालयहरूले नेपाली भाषा बोल्ने विद्यार्थीमाथि कारबाही गर्न नपाउने आदेश दिएको हो।

कानुनका विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले केही निजी विद्यालयहरूमा नेपाली बोलेको आधारमा विद्यार्थीलाई पिट्ने र जरिवाना गर्ने कार्य संविधानविपरीत भएको दाबी गर्दै रिट दायर गरेका थिए। रिटमा प्याब्सन, प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता विदुर ढुङ्गाना र अधिवक्ता वसन्त जोशीले बहस गरेका थिए। अदालतले अन्तरिम आदेशसँगै विपक्षीलाई कारण देखाउन समेत आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स