सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण सरकारका नाममा पेश गर्न कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले आदेश जारी गरेको हो। ओलीकी पत्नी राधिका शाक्यले आफ्ना पति गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बंदी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीमाथि प्रश्न उठेका थिए। यस घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि पनि अनुसन्धान सिफारिस भएको थियो।
उक्त सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक दुवै पक्राउ परेका थिए।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया