instainsta

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँट सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँट सम्पन्न
AdvertisementAds

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयर बाँडफाँट गरेको छ। कम्पनीले वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरूलाई १ बराबर ०.२७ को अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। बिक्री अवधिभर आवेदन दिएका ३ लाख ९० हजार २५० सेयरधनीहरूलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको छ।

बाँडफाँड प्रक्रिया असार १२ गते हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो। बाँडफाँडपछि कम्पनीसँग २ लाख २४ हजार ७२८ कित्ता सेयर बाँकी रहेको छ, जुन साधारणतया लिलाम प्रक्रियामार्फत् सबैले किन्न पाउने गरी बिक्री गरिने चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स