सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि ३० गतेसम्म लिलाम बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरको बाँडफाँट साउन ६ गते, मंगलबार सम्पन्न गरेको छ।
कम्पनीले संस्थापक समूहतर्फ लकइनमा नरहेको ८० हजार २२२ कित्ता, सर्वसाधारणतर्फ लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता र लकइनमा रहेको ४ हजार ४९ कित्ता गरी कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमा ल्याएको थियो।
गोप्य शिलबन्दी बोलपत्रमार्फत् लिलामी गरिएको यस सेयरको बाँडफाँटमा अन्तिम मूल्य (कट अफ प्राइस) संस्थापक समूहका लागि प्रतिकित्ता १५१ रुपैयाँ, सर्वसाधारणतर्फ लकइनमा रहेका सेयरका लागि ४०१ रुपैयाँ र लकइनमा नरहेका सेयरका लागि प्रतिकित्ता ४६१ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर बाँडफाँट गरिएको हो। बाँडफाँटमा नपरेका आवेदकहरूको रकम साउन ८ गतेदेखि १३ गतेसम्म कनेक्ट आईपीएसमार्फत् सम्बन्धित बैंक खातामा फिर्ता गरिने जानकारी पनि दिइएको छ।



















प्रतिकृया