आफन्तलाई पद बाँड्ने ‘भाइरस’ रोक्नुस्, नातावादले देश बर्बाद भयो: महावीर पुन

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
आफन्तलाई पद बाँड्ने ‘भाइरस’ रोक्नुस्, नातावादले देश बर्बाद भयो: महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै देशमा नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणाली कमजोर बनाएको बताएका छन्। उनले सरकार र राजनीतिक दलहरूलाई यस्ता विकृतिबाट मुक्त हुन आग्रह गर्दै, आगामी दिनमा मन्त्री वा सांसदहरूले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न सुझाएका छन्।

सांसद पुनले म्याग्दी जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारको सेवा–सुविधा उपलब्ध नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, “म्याग्दी जिल्लालाई हिमाली जिल्ला घोषणा गरियो, तर हिमाली जिल्लाले पाउने सेवा–सुविधा केही पनि पुगेको छैन। आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई पदमा नियुक्त गरेको कुरा सुनिन नपरोस्।”

उनले देशमा यस्तो प्रवृत्ति नेपाल एकीकरणदेखि नै मौलाउँदै आएको र यो “भाइरस” रणबहादुर शाहको पालादेखि अहिले पनि जारी रहेको उल्लेख गरे। सांसद पुनले देशभरि पारदर्शी र उत्तरदायी प्रशासन सुनिश्चित गर्न यसका विरुद्ध कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स