असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ ।
राष्ट्रपति युनमाथि अनुसन्धान सुरु भएको सन्दर्भमा उनले कोरिया छाडेर अन्यत्र जान नपाउने भएको रोयटर्स र योन्हाप एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । युनमाथि महाभियोग लगाउने प्रसंग कोरियामा चलिरहेको छ । यद्यपि हाललाई उनी महाभियोगबाट बच्ने देखिए पनि सुरक्षा कानुन लगायतका विषयमा अनुसन्धान चल्ने पक्कापक्की छ ।
राष्ट्रपति युनले दक्षिण कोरियामा राष्ट्रिय संकट सुरु भएको दाबी गर्दै राष्ट्रपति युनले अघिल्लो साता सैनिक परिचालन गरेका थिए । तर, संसद र ठूला पार्टीहरु नै विपक्षमा उभिएपछि उनको सैन्य शासन योजना असफल भएको थियो ।
दक्षिण कोरियामा राजनीतिक उतारचढाव सुरु भएसँगै रक्षामन्त्री र कतिपय उच्च अधिकारीहरुको राजीनामा आइसकेको छ । भ्रमण प्रतिबन्ध घोषणासँगै राष्ट्रपति युनले थप राजनीतिक संकट भोग्नुपर्ने देखिएको छ ।
(एजेन्सी)















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया