सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन क्यापिटल रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्नेछ भने बाँकी ८० प्रतिशत संस्थापक समूहको हुनेछ।


प्रतिकृया