मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २८ गते
मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर, क-कसले भर्न पाउने ?

सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीलाई १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर २ अर्ब रुपैयाँ मूल्यका २ करोड कित्ता सेयर निष्काशनको अनुमति छ। यसमध्ये १ अर्ब बराबरका १ करोड कित्ता सेयर स्थानीयलाई छुट्याइएको छ।

अति प्रभावित सोलु दूधकुण्ड ७, ११ र थुलुङ दूधकोशी १ का बासिन्दाका लागि ४० लाख कित्ता तथा अन्य वडाका स्थानीयका लागि ६० लाख कित्ता रहनेछन्। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर खुला हुनेछन्।

न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। स्थानीयका लागि आवेदन बन्द छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गते सम्म हुनेछ भने वैदेशिक रोजगारीको समूहका लागि छिटोमा मंसिर १० र ढिलोमा २१ गते हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स