नेपाल धितोपत्र बोर्डले तीन वटा खुलामुखी सामूहिक लगानी कोष योजनालाई थप इकाई निष्काशन गर्न अनुमति प्रदान गरेको छ। बोर्डले सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान, एनआईबिएल सहभागिता फण्ड र एनएमबि सरल बचत फण्ड ई लाई नयाँ इकाई जारी गर्न स्वीकृति दिएको हो।
बोर्डको निर्णयअनुसार सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानले ३ करोड इकाई, एनआईबिएल सहभागिता फण्डले ४० करोड इकाई तथा एनएमबि सरल बचत फण्ड ई ले ५७ करोड इकाई थप निष्काशन गर्न अनुमति पाएका छन्। यससँगै एनआईबिएल सहभागिता फण्ड र एनएमबि सरल बचत फण्ड ई को कोष आकार बढेर १० अर्ब रुपैयाँ पुगेको छ।
यसअघि कोषको आकार विस्तारका लागि स्वीकृति नपाउँदा लगानीकर्ताले खरिद गरेका इकाईहरू डिम्याट खातामा प्राप्त गर्न सकेका थिएनन्। अब भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएसँगै सम्बन्धित लगानीकर्ताले आफ्नो डिम्याट खातामा फण्ड इकाई प्राप्त गर्ने बाटो खुलेको छ।



















प्रतिकृया