गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरिन्

गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरिन्
Advertisement Ads

गायिका रचना रिमालले आफ्नो ब्रान्ड पहिचान मजबुत बनाउन अफिसियल लोगो सार्वजनिक गरेकी छन्। अर्घाखाँची महोत्सवको मञ्चबाट उनले लोगो प्रस्तुत गर्दै, सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई यसको जानकारी गराएकी हुन्।

रिमालको लोगो उनको अंग्रेजी नामको पहिलो अक्षर, संगीत तथा सर्वोच्च शिखर सगरमाथाको आकृति झल्काउने गरी डिजाइन गरिएको छ। कलाकार मनोज गजुरेलले रचनाको लोगो सेयर गर्दै यसलाई सिर्जनशील पहिचानको प्रतीक भनेका छन्। साथै, उनले लोगोमा अझ आकर्षक रंग संयोजन गर्न सुझाव दिएका छन्।

रिमालले आफ्नो लोगो प्रति दर्शक र शुभचिन्तकको माया तथा आशिर्वादका लागि धन्यवाद व्यक्त गरेकी छिन्। विश्वभर कलाकारले आफ्नो ब्रान्ड पहिचान बनाउन लोगो निर्माण गर्ने अभ्यास गर्छन्, र रचनाले पनि यही परम्परालाई पछ्याएकी हुन्।

download 2 1 https://bajarkochirfar.com/singer-rachna-rimal-unveils-her-official-logo | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स