सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारण सभा कोरम संख्या नपुगेपछि स्थगित भएको छ। धुलिखेल स्थित मिराबल रिसोर्टमा बिहान ११ बजेका लागि तय गरिएको सभा आवश्यक संख्यामा सेयरधनीहरूको उपस्थिती नपाउँदा स्थगित गरिएको हो।
सभामा हाल कायम चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन, मर्जर प्रक्रिया अघि बढाउने, र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावहरू प्रस्तुत गर्ने तयारी थियो। तर, न्यून उपस्थितिका कारण सभा सञ्चालन सम्भव नभएपछि अर्को मिति तय गर्ने निर्णय गरिएको छ।
यसअघि, बैंकले सभाका लागि फागुन १५ गते बुक क्लोज गरिसकेको थियो र फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई सभा मा भाग लिन निम्तो दिइएको थियो। तर, आवश्यक संख्यामा सेयरधनी उपस्थित नभएपछि सभा स्थगित गर्नुपरेको हो।
सिन्धु विकास बैंकले अब स्थगित सभाको नयाँ मिति चाँडै घोषणा गर्ने बताएको छ।









![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया