नेपाल सेयर बजार लगानीकर्ता संघले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरूसँग सेयर बजारका विविध विषयमा छलफल गरेको छ। संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठसहितको टोलीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापगाँई र प्रवक्ता मुराहरी पराजुलीसँग भेटवार्ता गरेको हो। छलफलमा साउन १२ गते देखिएको १५ मिनेटको औसत मूल्य सम्बन्धी गडबडी र त्यसले लगानीकर्तामा पारेको अन्योलबारे सुधारका लागि प्रमुख कार्यकारी अधिकृत चापगाँईलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।
संवादमा सीईओ चापगाँईले प्राविधिक पक्षमा सुधार गर्दै भविष्यमा यस्ता समस्या नदोहरिने गरी गम्भीरतापूर्वक काम गरिने आश्वासन दिएका छन्। संघले यस्तो छलफलले बजारको पारदर्शिता, लगानीकर्ताको विश्वास र प्रविधिगत पक्षको मजबूतीमा टेवा पुग्ने विश्वास लिएको छ। छलफलमा संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, उपाध्यक्ष भगवान राउत, महासचिव रविन कँडेल, कोषाध्यक्ष मच्छिन्द्र बस्नेत र सदस्य सुदर्शन गौतमको सहभागिता रहेको थियो।

















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)


प्रतिकृया