श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको संचालक समितिले आज, मङ्सिर ९ गते बसेको बैठकमा हाल कायम चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ र प्रस्तावित लाभांश रकम ६ करोड ४० लाख रुपैयाँको हुनेछ।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभामा पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ।

प्रतिकृया