हिमालयन डिष्टिलरी सहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



Advertisement
Ads

आज पुस १८ गते बिहीबार ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन छ  । ८  कम्पनी हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, लुम्बिनी विकास बैंक, कालिका पावर कम्पनी, मेरो माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, बोटलर्स नेपाल (तराई), सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । तसर्थ, आज पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।


Advertisement

कालिका लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल टाक्स इन्टरनेसनलको सभाहल पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

कालिका पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा दियालो फुडल्याण्ड चितवन, भरतपुर–१०, चिवतना बिहान ११ बजे सुरु हुनेछ ।

मेरो माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले माघ ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई १.८६५९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ ।

सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ । सभा लुभु पार्टी प्यालेस ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर