शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअन्तर्गत ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिने बैंकले जनाएको छ।


You must be logged in to post a comment.