नेपालमा पहिलोपटक ‘शार्क ट्यांक’ कार्यक्रम प्रसारण हुने भएको छ। बहुप्रतिक्षित र अन्तर्राष्ट्रिय स्तरमा चर्चित यो शो अब नेपाली संस्करणमा आगामी १८ असार (२ जुलाई २०२५) बाट हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ।
उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको शार्क ट्यांक नेपालमा नेपाली स्टार्टअप तथा उद्यमीहरूले आफ्ना व्यापारिक योजना प्रस्तुत गर्नेछन्। कार्यक्रमका ‘शार्क’ भनिने अनुभवी लगानीकर्ताहरूले तिनै योजना मध्ये प्रभावशाली व्यवसायमा लगानी गर्नेछन्।
कार्यक्रम हरेक बुधबार र बिहीबार राति ९ बजे प्रसारण हुने आयोजकले जनाएको छ।
















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया